जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा उक्त घटनाका दोषीहरुलाई कारबाहीका लागि सिफारिस भएको छ । यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन् ।

उनले पत्रकारहरुमाझ भने, ‘२३ र २४ गते देखेका फ्याक्ट फाइन्डिङ प्रयास गरेका छौ । प्रमाणका आधारमा राय सुझाव दिएका छौं। सरकारले अउन गर्‍यो । सरकारले यसको आवश्यक कारबाही गर्छ,’ उनले भने, ‘जसले गल्ती गरेको कारबाही हुन्छ ।’ शर्माका अनुसार आयोगले दुई सय भन्दा बढी मानिसको बयान र कागजात गराएको छ । उनले प्रधानमन्त्रीले अध्ययनपछि प्रतिवेदनमाथि आवश्यक कारबाही अघि बढ्ने बताएको जानकारी दिए ।

उनले भदौ २३ गतेको घटनामा सुरक्षा चुक भएको पनि बताए । उनका अनुसार प्रतिवेदन करिब ८ देखि १० हजारसम्म पाना छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार