अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै



आज एक सय १६ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । यसवर्ष नारी दिवसको नारा ‘सबै महिला र बालिकाका लागि अधिकार, समानता र सशक्त कार्य’ रहेको छ । हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नारी दिवसमा महिला सशक्तिकरणलाई प्रोत्साहन गर्ने र लैंगिक विभेद हटाउन उदेश्यले देशभर चेतनामूलक विभिन्न कार्यक्रम गरिँदैछन् ।

अमेरिकामा नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव बनेकी थिइन् । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग राखेर महिलाहरूले हडताल गरेका थिए । महिला अधिकारको माग गर्दै भएको सोही आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार