आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय नाका बन्द हुने



 

आइतबार राती १२ बजेदेखि भारत र चीनसन्ँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन निर्वाचन सुरक्षा निर्देशिका अनुसार सीमा नाका बन्द गर्न लागिएको हो ।

निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको  थियो ।

निर्वाचन आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार