साना किसानको विसौं साधारण सभा सम्पन्न



कविन्द्र परियार  पुस ०४ / राप्ती सोनारीगाउँपालिका —८ महादेवपुरी शम्सेरगज बाँकेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडेको २० औं साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाको राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारुले उद्घाटन गरेका
थिए । उद्घाटन शत्रमा बोल्दै गाउँपालिका प्रमुख थारुले सहाकरीले आर्थिक करोबार मात्र नभई सामाजिक क्षेत्रमा समेत काम गरेकोमा प्रशंसा गरे ।
सभामा सस्थाका अध्यक्ष देव बहादुर वलीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा जेष्ठ नागरिक शेयर सदस्य रुपी वली, खली डागीँ, पार्वती खत्री, अमृता वली, खगी घर्ति र मन बहादुर खत्रीलाई दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै व्यवसायिक किसान केरा खेती तर्फ इन्द्रकली बुढाथोकी, गाईपालन तर्फ दिर्ज बहादुर खड्का, भैसीपालन तर्फ लक्षीराम के.सी, बाख्रापालक हिम बहादुर खड्का, बगुरपालक कर्ण बहादुर खड्का र कुखुरापालक डिलादेवी डाँगीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको संञ्चालक समिति उपाध्यक्ष झम्पा गौतमले स्वागत गित तथा सहकारी कर्मचारीहरुले बचत नाटक समेत प्रस्तुत गरेका थिए ।
सभामा राप्तीसोनारी
गाउँपालिका –ं २ का वडा अध्यक्ष मदन वली,वडा नं ८ का अध्यक्ष खुम बहादुर बस्नेत, वडा नं ९ का अध्ययक्ष महाविर वली केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य देव बहादुर के.सी, जिल्ला सहकारी संंघका अध्यक्ष पे्रम सुवेदी, साना किसान सहकारी संघ जिल्ला अध्यक्ष एकता शाह, राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कोहलपुरका प्रमुख सुजन ददेल, साना किसान विकास बैंक ईलाका प्रमुख गणेश भट्टराई,सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख भुपाल विक्रम शाह, नौवस्ता साना किसान कृषि सहकारीका अध्यक्ष तारा केशर शर्मा,कोहलपुर साना किसान कृषि सहकारीका अध्यक्ष जानकी पुन, बनकटवा साना किसान कृषि सहकारीका अध्यक्ष पुतली
हमाल लगायतको उपस्थिति रहेको थियो । सहकारीमा हाल १ हजार ९ सय ८० जना सदस्यहरु रहेका
छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष देव बहादुर वलीको सभापतित्वमा
सम्पन्न भएको थियो भने संस्थाका प्रबन्धक हरिश के.सीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ४ गते मंगलबार