चीनले एकै पटक १० ठाउँमा हान्न सक्ने, संसारको सबैभन्दा शक्तिशाली मिसाइल !



सोमबार प्रकाशित एक मिडिया रिपोर्टमा उल्लेख भएअनुसार चाइना आम्र्स कन्ट्रोल एण्ड डिसआर्मामेन्ट एसोसिएसनका बरिष्ठ सल्लाहकार शु गुआंगु ने ले अब यो मिसाइल सेनामा समावेश गरिने बताएका हुन् ।

चीनको सरकारी मिडिया हाउस ग्लोबल टाइम्सका अनुसार २०१२ मा यो मिसाइल बनाउने घोषणा गरिएको थियो । ‘डोंगफेंग–४१’ नामको यो मिसाइलको घोषणापछि अहिलेसम्म आठ पटक परीक्षण गरिएको छ र सबै परीक्षण सफल रहेका छन् ।

सबै परीक्षण सफल भएपछि अब यसलाई सेनामा समावेश गर्ने तयारी गरिएको छ । रुसी मिडियाको रिपोर्टअनुसार यो मिसाइल अमेरिकाको दबाब बढिरहेका कारण बनाइएको हो । यो मिसाइलले अमेरिका र युरोपका सबै ठाउँमा निशाना लगाउन सक्छ ।

(स्रोत : ई नेपाल पोस्ट)

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार