second headline ९५ लाखको लागतमा १४ किलोमिटरमा तारजाली लगाईने second headline
कविन्द्र परियार मिसन सामाचारदाता पुस ०२/ बाँकेको राप्तीसोनारी –९ ढकेरीमा वन्यजन्तुबाट हुने क्षति रोकथाम गर्नका लागि वडा कार्यालयले १४ किलोमिटर क्षेत्रफलमा तारजाली लगाउन सुरु गरेको छ । वडा कार्यालयले जनताको समस्यालाई मध्यनजर गर्दै तारजालीलाई पहिलो प्राथामिकतामा राखेर काम सुरु गरिएको राप्तीसोनारी –९ का वडा अध्यक्ष महाविर वलीले बताए । ‘भोट माग्दा जनता सँग तारजाली गर्ने प्रतिवद्धता गरेका थियौं । त्यसैले पनि तारजालीलाई प्राथामिकता दिएर काम गरेका छौ, ’ वलीले भने ।
वडा कार्यालयकोे रु ३ करोड १६ लाख बजेट मध्ये रु ७० लाख रुपैया तारजालीको लागि विनियोजन गरिएको छ । वडा कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज बीच सम्झौता भई पहिलो चरणमा जुलोजिकल सोसाईटी अफ लन्डन (जेड.एस.एल.) को
रु २५ लाख सहयोग र वडापालिकाको रु १५ लाखको लागतमा उपभोक्ता समिति मार्फत महादेवा गाउँको ५ किलोमिटर क्षेत्रमा तारजाली लगाउन सुरु गरिसकिएको र वन्यजन्तु तारजालीको तलबाट छिर्न नसकोस भनेर कंंक्रिट सहितको मेसजाली लगाउन सुरु गरिएको जेड.एस.एल का प्रमुख पवन गौतमले बताए ।
पहिलो चरणको काम सकिए लगतै दोस्रो चरणमा बुचापुर, पश्चिमपुरुवा खैरेनी, गुरुवागाउँ र ढकेरी क्षेत्रको ९ किलोमिटर क्षेत्रमा तारजाली लगाउन उपभोक्ता समिति गठन गरिसकिएको वडा कार्यालयले जनाएको छ । तारजाली लगाउन शुरु भएपछि बालिनाली जोगाउन
सकिने कुरामा विश्वास बढ्न थालेको छ । ‘भोट माग्न आउदा तारजाली
गर्छौ भनेका थिए , अहिले काम पनि सु्रु भईसकेको छ । अब वन्यजन्तुबाट बालिनाली जोगान सकिन्छ भन्ने लागेको स्थानिय कृष्ण बहादुर रोकाले बताए ।
अर्का स्थानीय किसान कर्ण बहादुर खड्काले सही तरिकाबाट तारजाली लगाउने हो भने ६० प्रतिशत वन्यजन्तु रोक्न सकिने
बताए ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो क्षेत्रमा बदेल,चित्तल,हरिण लगायतका वन्यजन्तुले किसानका बालिनाली क्षेति पुर्याउदै आएका कारण किसानहरुले सास्ती खेप्न बाध्य
छन । तारजाली लगाएपछि सो क्षेत्रमा वन्यजन्तुबाट हुने क्षतिमा कमी आउने विश्वास गरिएको छ । तारजालीबाट त्यस क्षेत्रका करिब ८ सय घरधुरीलाई फाईदा पुग्नेछ ।









प्रतिक्रिया दिनुहोस्