कोहलपुर (बाँके) : नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्यमा कृष्णबहादुर पुन मगर नियुक्त भएका छन् । नेपाल मगर संघ कोहलपुर नगर समितिका निवर्तमान अध्यक्षसमेत रहेका पुनमगर नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्षसमेत हुन् ।
कोहलपुर वडा नम्बर ८ निवासी पुनले लामो समयदेखि यस क्षेत्रमा रहेर आदिवासी जनजाति समुदायका व्यक्तिहरूका लागि विविध सामाजिक काम गर्दै आइरहेका छन् । त्यसैगरी पुन नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर कमिटीका अध्यक्ष समेत रहेका छन् ।
केहीदिन अगाडि मात्र सम्पन्न भएको नेपाल मगर संघको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति पाउने क्रममा कृष्णबहादुर पुन मगरलाई प्रदेशमा सिफारिस गरेको थियो । त्यसैगरी,नेपाल मगर संघ कोहलपुर नगर कमिटीको नयाँ कार्यसमिति अध्यक्षमा कोहलपुरका कविराम पुलामी मगर चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा ३५ जनाको कार्यसमिति रहेको छ भने जसमा दाङका थलुपुन मगर अध्यक्ष चयन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्