फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन र शान्ति सम्झौताका लागि जनमत सङ्ग्रहको लागि मतदानको घोषणा गर्ने योजनालाई अस्वीकार गरेका छन् । जेलेन्स्कीले पत्रकारहरूसँग भने,‘युक्रेनले आफ्नो मुलुकको सुरक्षा सुनिश्चितता र रूससँग युद्धविराम गरेपछि मात्र निर्वाचन गर्नेछ।’ राष्ट्रपति जेलेन्स्कीको यो टिप्पणी फाइनान्सियल टाइम्सको रिपोर्टपछि आएको हो ।

 

उनले युक्रेन–रुस द्वन्द्व सुरु भएको चौथो वर्षपछि अर्थात् सन् २०२४ फेब्रुअरीमा चुनाव र जनमत सङ्ग्रहको योजना घोषणा गरेका थिए । रिपोर्टमा यो पनि भनिएको छ कि ट्रम्प प्रशासनले युक्रेनलाई मे १५ सम्ममा जनमत सङ्ग्रह गर्न दबाब दिएको छ र त्यसो गर्न असफल भएमा प्रस्तावित अमेरिकी सुरक्षा ग्यारेन्टीलाई खतरामा पार्न सक्ने चेतावनी दिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार