मंसिर २६, २०७४-पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३, फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा बेपत्ता तीन जनाको शव मंगलबार फेला परेको छ ।
प्रनाउ ढकाल अनुसार परिवारको निवेदनका आधारमा अझै ३ जना वेपत्ता छन् । बेपत्ता हुनेहरुमा गैंडाकोट-३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाची रौनामैनाका शंकर कुँवर छन् । उनीहरुको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले बताए ।
घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए । लु २ ख २९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो । kantipur
प्रकाशित मिति : २०७४ मंसिर २६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्