जाजरकोट । एटिएम भन्दावित्तिकै झट्ट हाम्रो दिमागमा पैसा निकाल्ने मेसिनको याद आउँछ । यद्यपि समयसँगै एटिएम मेसिन प्रयोगका क्षेत्र बिस्तार हुँदै गएको छ ।नेपालका विभिन्न ठाउँमा पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने मेसिन प्रयोगमा आइरहेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको सो मेसिनलाई ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) नाम दिइएको छ । केही समय भित्र मेसिनबाट खाद्यान्न बिक्री वितरण सुरु हुने प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार यो मेसिन पूर्णरूपमा अटोमेटिक टेलर मेसिन (एटिएम) प्रविधिमा आधारित छ ।
प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छिटो छरितो बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ग्रेन एटिएम (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याएको कार्यालय प्रमुख बुढाले जानकारी दिए । यस खालको एउटा मेसिन काठमाडौंस्थित खाद्यको केन्द्रीय कार्यालय र दोस्रो सुर्खेतमा जडान गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्