पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु



पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रीया जनाउदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतंकवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ । सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन् ।

पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन् ।अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतंककारी मारिएका छन् ।

बाँकी रहेका आतंककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुनस्र्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन्

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार