काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन हिमाली क्षेत्रमा ‘नाटक’ मात्र हुने दाबी गरेका छन् । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नरहेको आरोप लगाए । उनले सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै नराम्रो कामको डंगुर बनेको टिप्पणी गरे ।

उनले फागुन २१ गते तोकिएको निर्वाचनको मिति व्यवहारिक नभएको बताउँदै उच्च हिमाली तथा पहाडी क्षेत्रमा सो समयमा निर्वाचन सम्भव नरहेको जिकिर गरे । मिति घोषणा गरिए पनि चुनाव हुन्छ कि हुँदैन भन्ने नै अन्योलमा रहेको उनको भनाइ थियो । उनका अनुसार हिमाली भेगमा अहिलेको समयमा मानिसको उपस्थिति न्यून हुने भएकाले भोट खस्ने सम्भावना पनि अत्यन्त कम छ । उनले शहरी क्षेत्रजस्तो हिमाली र पहाडी भूभागमा निर्वाचनको प्रभाव नपर्ने सरकारको बुझाइ रहेको आरोप पनि लगाए । राजनीतिक दलहरू बलिया रहेको क्षेत्रमा बेवास्ता गर्दै मान्छे नभएको र मत नखस्ने बेला चुनाव गर्न खोजिएको उनको आरोप छ ।







प्रतिक्रिया दिनुहोस्