राष्ट्रिय सभामा को–को भए निर्वाचित ?



 

राष्ट्रिय सभा निर्वाचनको आइतबार भएको मतदाताबाट राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशका बासुदेव घिमिरे निर्वाचित भएका छन् । दाङको लमही नगरपालिका–२ बनकट्टा निवासी घिमिरेसहित लुम्बिनी प्रदेशबाट गुल्मीका चन्द्रबहादुर केसी पनि निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग समूहमा उम्मेद्वार बनेका थिए ।

कर्णालीबाट नेकपा एमालेका मिना सिंह रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन् ।

यस्तै कोशी प्रदेशबाट महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । यसअघि अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार