पूर्वमन्त्री नन्दन दत्तको निधन



सुनसरी — पूर्वमन्त्री नन्दन दत्तको निधन भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित मधुवन घर भएका दत्तको ब्रेनहृयामरेजका कारण शुक्रबार राति निधन भएको हो ।
७० वर्षीय दत्तको स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोबेल मेडिकल कजेजमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।तत्कालीन मधुवन गाविसमा दुईपटक कांग्रेसबाट अध्यक्ष समेत भइसकेका दत्त २०६४ सालको संविधानसभा चुनावमा मधेशी जनअधिकार फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित बनेका थिए ।

नेपाली राजनीतिमा मधेशकेन्द्रित राजनीतिक धारबाट उदाएका दत्त फोरम विभाजित भएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा जयप्रकाश गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकको तर्फबाट कृषीमन्त्री बने । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । केही वर्षयता विराटनगर तीनटोलियास्थित घरमा बस्दै आएका दत्तको शनिबार दिउँसो सिंगिया घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार