बीपीएलको उपाधिका लागि राजशाही र चट्टोग्राम भिड्दै



राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपिएल) को उपाधिका लागि आज शुक्रबार चट्टोग्राम रोयल्सविरुद्ध खेल्दै छ। बंगलादेशको मिरपुरस्थित शेर बाङ्गा नेशनल स्टेडियममा आज साँझ पौने ६ बजे खेल सुरु हुनेछ। फाइनलमा राजशाही पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ।

लिग चरणको खेलमा राजशाही अंक तालिकाको शीर्ष र चट्टोग्राम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलेका थिए।  पहिलो क्वालिफायर चट्टोग्रामले राजशाहीलाई ६ विकेटले हराउँदै सिधै फाइनलमा स्थान पक्का गरेको थियो। पहिलो क्वालिफायरमा पराजित राजशाहीले दोस्रो क्वालिफायरमा भने सेलहेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

लिग चरणमा भएको पहिलो भेटमा चट्टोग्रामले राजशाहीलाई २ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने राजशाहीले ३ विकेटको जित निकालेको थियो। नेपाली लेग स्पिनर सन्दीप लामिछाने राजशाही वारियर्स टोलीमा सहभाी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार