नेपालगन्ज ।
नेपालगन्जका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता बर्दिया इन्टरनेसनल नेपालगन्जले यामाहाको एफ जेट एसएफआई भि थ्रीको नयाँ डिलक्स संस्करण सार्वजनिक गरेको छ ।
एफ जेट एसएफआई भि थ्री सार्वजनिक गर्दै बर्दिया इन्टरनेसनलका सञ्चालक घनश्याम बरालले यसले उपभोक्ताहरूको मन जित्ने विश्वास व्यक्त गरे । १५० सिसीमा उपलब्ध सो मोटरसाइकल सार्वजनिक गर्नुपूर्व नै उपभोक्ताहरूले अत्यधिक मन पराइरहेको उनले बताए ।
यो विशेष मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध छन् ।
नयाँ ब्याकलाइट डिजाइनले यस मोटरसाइकलको सौन्दर्यमा आधुनिक र स्टाइलिस तत्व थपेको कम्पनीले जनाएको छ । एफ जेट एसएफआई भि थ्री उत्कृष्ट ह्यान्डलिङ र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित मानिन्छ । यो मोटरसाइकल डुअल डिस्क ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित रहेको यामाहा कम्पनीका दिनेश केसीले जानकारी दिए ।
एफ जेट एसएफआई भि थ्री मोटरसाइकलप्रेमीहरूको मनमा बस्न सफल मोडेल रहेको कम्पनीको दाबी छ । ‘हामी यसको नयाँ रङ विकल्पहरू, नेभी ब्लू र मेटालिक ग्रे तथा राइडिङको अनुभव बढाउने रोमाञ्चक अपडेटहरूसहितको नयाँ भेरियन्ट सार्वजनिक गर्न पाउँदा हर्षित छौं,’ केसीले भने ।
नयाँ डिलक्स संस्करणले यामाहाको स्पोर्टिनेस, स्टाइल र उत्साहलाई झल्काएको केसीले बताए । यामाहा एफ जेट एसएफआई भि थ्री ले सधैं आफ्नो दायरा फराकिलो पार्दै प्रदर्शन र शैलीको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गर्ने गरेको कम्पनीले जनाएको छ । यामाहा एफजेड सिरिजले नेपाली बजारमा २००८ देखि आफ्नो विरासत बनाइरहेको छ ।
बजारबाट प्राप्त सुझावहरूका आधारमा निरन्तर सुधार गर्न प्रतिबद्ध रहँदै एफजेड शृंखलाले नियमित यसका विशिष्टता र सुविधाहरू अद्यावधिक गर्दै आएको कम्पनीको भनाइ छ । नयाँ सार्वजनिक भएको एफ जेट एसएफआई भि थ्रीको बजार मूल्य ४ लाख ४ हजार ५ सय रुपैयाँ रहेको छ ।