कोहलपुरमा कवि दोस्ताजको कविता संग्रहमाथि चर्चा र एक कविता वाचन हुँदै



कोहलपुर : कोहलपुरमा कवि दोस्ताजको ‘एक दिन मानिसहरु फर्किनेछन् ’नामक कविता संग्रहमाथि चर्चा र एक वाचन कार्यक्रम हुने भएको छ । हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान रचना वाचन विभागको आयोजनामा बिहीबार कोहलपुरमा चर्चा र एक वाचन कार्यक्रम हुने भएको हो ।

 

जसमा वक्ताका रुपमा कविहरु नमिता बराल,हेम प्रकाश मञ्जील र हुकुम धड्कन रहेका छन् । लक्ष्मण मानवले सहजीकरणको भूमिका निर्वाह गर्नेछन् । उक्त कार्य दिउँसो ४ बजे बम्बो क्याफेमा हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार