
सुर्खेत – पछिल्लो समय नेपाली खेलकुद क्षेत्रका व्यक्तित्वहरू राजनीतिक मैदानमा आकर्षित हुन थालेका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लदेखि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनासम्मले सक्रिय राजनीतिमा आफ्नो उपस्थिति देखाएका छन् ।
ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानदेखि प्रशिक्षक हुँदै राजनीतिक यात्रामा होमिएका हुन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा समावेश छन् ।
नेपाली कांग्रेसका बैतडी जिल्ला सभापतिसमेत रहेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैतडीबाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन् ।
यता क्रिकेट कमेन्टेटर सचिन तिमिल्सिना भने नेपाली कांग्रेसको विद्यार्थी राजनीति हुँदै संसदीय राजनीतिमा प्रदेश गर्ने प्रयासमा छन् । उनले नेपाली कांग्रेसका सभापति गगन थापाको चुनावी पकड भएको काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्