
दाङ – एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
दाङ-२ र कालीकोटको प्रतिनिधिसभामा एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको नेकपा माओवादी दाङका इन्चार्ज सविन पोखरेलले जानकारी दिए ।
सहमति अनुसार दाङ-२ मा माओवादीले एमालेका उम्मेदवार महासचिव पोखरेललाई समर्थन गरेको छ । सोही सहमतिअनुसार उक्त पार्टीले दाङ-२ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छैन ।
माओवादी इन्चार्ज पोखरेलका अनुसार दाङ-२ मा उनीहरूका १ हजार ६ सय बढी पार्टी सदस्य छन् भने करिब ५ हजार शुभेच्छुक मतदाता भएको उनको दाबी छ । कालीकोटमा नेकपा महासचिव खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई उम्मेदवार बनाएको छ । त्यहाँ एमालेले प्रकाण्डलाई समर्थन गर्ने सहमति भएको छ ।
यो सहमति बारे एमालेका नेताहरू भने खुल्न चाहेका छैनन् । माओवादी इन्चार्ज पोखरेलले भने अहिले भएको मौखिक सहमतिलाई केहिदिनमै लिखित सहमति गर्ने तयारी छ ।









प्रतिक्रिया दिनुहोस्