कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ जारी छ । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सुरु भएको प्रतियोगिता नियमित सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको तेस्रो दिन मंगलबार दुई खेल भए ।
जसमा त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी इंग्लिस मेडियम स्कुल विजयी भएका छन् । खेल संयोजक मदन विकका अनुसार तेस्रो दिनको पहिलो खेल त्रिभुवन माध्यमिक विद्यालय र दीपज्योति विद्या सदनले प्रतिस्पर्धा गरेका थिए । जसमा त्रिभुवन माध्यमिक विद्यालय ९ विकेटले विजयी भयो । त्रिभुवन माध्यमिक विद्यालयले टस जितेर पहिला फिल्डिङ गरेको थियो ।
दीपज्योति विद्या सदन १०.३ ओभरमै अलआउट हुँदै ३९ रन बनाएको थियो । ४० रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन माध्यमिक विद्यालयले ३ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको थियो । खेलमा म्यान अफ द म्याच त्रिभुवन माध्यमिक विद्यालयकी स्नेहा सुनार बनिन् । खेल संयोजक सुनारका अनुसार तेस्रो दिनको दोस्रो खेल पञ्चमुखी स्कुल र जनता मावि मैटहवाबीच हुने खेलतालिका थियो । जनता मावि खेलमा अनुपस्थित भएपछि पञ्चमुखीलाई सिधैँ विजयी घोषणा गरियो ।
संयोजक सुनारले जनता माविका खेल प्रशिक्षक कमल केसीसँगको सल्लाहमा त्यस्तो निर्णय गरिएको हो । दोस्रो दिन लक्ष्मी मावि र ज्ञान ज्योति माविले विजयी सुरुवात गरेका थिए । प्रतियोगिताको पहिलो दिन कोहलपुर बागेश्वरीलाई हराउँदै बाल शिक्षा मावि भरैयाले जितेको थियो । संयोजक विकले प्रतियोगिताको चौथो दिन पनि दुई खेल हुने जानकारी दिए । प्रतियोगिता कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्