समर्थकसहित निर्वाचन कार्यालय तर्फ लागे बालेन



आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवारी दर्ताको भव्य तयारी गरेको छ। उम्मेदवारी दर्तालाई उत्साहजनक बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह समेत दमक आइपुगेका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्न जानुअघि रास्वपाले दमकमा सांस्कृतिक झाँकी र र्‍यालीको आयोजना गरेको छ। बालेन शाहको उपस्थितिले स्थानीय समर्थकहरूमा थप उत्साह थपेको देखिएको छ। अहिले विभिन्न जातीय तथा सांस्कृतिक झाँकीहरू सहित निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान गर्ने अन्तिम तयारी भइरहेको छ।

रास्वपाले झापा ५ लाई प्रतिष्ठाको विषय बनाउँदै शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने रणनीति लिएको बुझिएको छ। निर्वाचन कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरूको बाक्लो उपस्थितिले दमक बजार क्षेत्र अहिले चुनावी माहोलले तातिएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार