हेटौँडा ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य त्यागेकी विद्या श्रेष्ठले श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गरेकी छिन् ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर श्रेष्ठले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विरोधमा रहेकी श्रेष्ठको उम्मेदवारी दर्तामा प्रस्तावक ममता प्रधान र समर्थक प्रविन कुमार रजक रहेका छन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्