सेनेगललाई दोस्रोपटक अफ्रिका कप अफ नेसन्स उपाधि



घरेलु टोली मोरक्कोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ ।

प्रिन्स मौले अब्देल्लाह रंगशालामा आइतबार निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि फाइनल खेल अतिरिक्त समयमा घकेलिएको थियो ।

खेलको इन्जुरी समयमा ब्राहिम डियाज पेनाल्टीमा चुक्दा मोरक्कोले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहारलाई  सेनेगलका गोलकिपर एडुअर्ड मेन्डीले सहजै बिफल पारे ।

पेप गुएइले ९४औँ मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । यही गोल खेलको निर्णायक बन्यो । उनले इड्रिस्सा गुएइको पासलाई जाली चुमाएका हुन् ।

सेनेगल दोस्रोपटक अफ्रिकन च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०२१ को उपाधि उचालेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार