वीरेन्द्रनगर ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनि मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो । दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतले बहुमतको आधारमा शाही दलको नेतामा चयन भएका हुन् ।
दलको नेताका लागि शुक्रबारको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दाबी गरेका थिए । तर शनिबारको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेका थिए ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए । गत मंसिर १७ गते दलको नेताबाट राजीनामा दिएर उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए ।









प्रतिक्रिया दिनुहोस्