नेकपाबाट प्रेम आले कैलाली-५ मा चुनाव लड्ने



कैलाली। डोटीबाट लगातार तीन पटक विजयी हुँदै सङ्घीय सांसद बनेका प्रेम आले यस पटक भने कैलाली-५ बाट निर्वाचन लड्ने भएका छन् ।
नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचन लड्ने भएका हुन् ।

 

संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिय रहेका प्रेम आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले टिकट दिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार