काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने फेरि सङ्कल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए।

उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने समेत बताए। जेनजीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न बैठक केन्द्रित हुने पनि बताए।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्