बार्सिलाेना काेपा डेल रेकाे क्वाटरफाइनलमा



दोस्रो डिभिजनकाे रेसिङ स्टान्डर्ड क्लबविरुद्ध २–० काे सहज जित निकाल्दै बार्सिलाेना स्पेनिस काेपा डेल रेकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । बिहीबार एल सार्डिनेरो रंगशालामा पाहुना टाेली बार्सिलाेनालाई जित दिलाउन कप्तान फेरान टाेरेस र लामिन यामलले १–१ गाेल गरे ।

पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलकाे ६६औँ मिनेटमा टाेरेसकाे गाेलमार्फत बार्सिलाेनाले अग्रता लिएकाे थियाे । उनले फेर्मिन लापेजकाे पासलाई सदुपयोग गरे । इन्जुरी समयमा यामलले बार्सिलाेनाका लागि दोस्रो गाेल गरे । उनले राफिन्हाकाे पासलाई जाली चुमाए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार