ठकुरि पत्रकार समाज नेपालद्वारा पत्रकार सन्ध्या शाहलाई सम्मान



नेपालगन्ज । ठकुरि पत्रकार समाज नेपालले पत्रकार सन्ध्या शाहलाई सम्मान गरेको छ ।

ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह ( माहारानी ) को अध्यक्षतामा शाहलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

बाँकेको रेडियो बागेश्वरी एफएमबाट आफ्नो पत्रकारिता सुरु गरेकी शाह ( डब्लूडब्लुजे ) क्रियाशिल महिला पत्रकार बाँकेकी संस्थापक माहासचिब समेत हुन् । हाल अस्ट्रेलियामा बसोबास गरिरहेकि शाह एन आर एन ए वोमन फोरुम नारी निकुञ्ज अस्ट्रेलियाको नेसनल कोर्डिनेटर समेत हुन् ।

शाह हाल पनि मिडिया पर्सनालिटिको रुपमा सकृय छिन् । ठकुरि पत्रकार समाज नेपालका कोषाअध्यक्ष रेजिना मल्लले लामो समय पछिको भेटघाटमा पत्रकार सन्ध्या शाहलाई सम्म्मान गर्न पाउँदा खुशी भएको अध्यक्ष करुणा शाहले बताइन् ।

शाहले ठकुरि पत्रकार समाज नेपाल गठन भएकोमा खुशी लागेको र आफू सम्मानित हुदा झनै खुशी लागेको र आफुले कर्मथलो बाट जहिले पनि ठकुरि पत्रकार समाज नेपाललाई सहयोह गर्न इच्छुक रहेको बताइन।

पुर्ब देखि पश्चिम सम्मका सबै ठकुरि पत्रकार एक आपसमा चिर परिचित हुने र आफ्नो जातिय पहिचान , कला , धर्म , सस्कृतीलाई पत्रकारिताको माध्यमबाट जोगाइराखन साथै पत्रकारिता पेशा मा ठकुरिहरुको संख्या वृद्धि गर्नको लागि ठकुरी पत्रकार समाज नेपाल गठन गरिएको समाजका अध्यक्ष करुणा शाहले जानकारी दिनुभयो ।

गठन भएको चार बर्षको हरेक बार्सिक उत्सबमा ठकुरि पत्रकार समाज नेपाल विभिन्न पाँच बिधामा (स्वास्थ , पत्रकार , खेलाडी , सुरक्षा , शिक्षा ) ठकुरिलाई मात्र प्रदान गर्दै आएको छ। साथै समाज ले कलाकार साथै कुनै क्षेत्रमा बिशिस्ट ब्यक्तीलाई सम्मान गर्दै आएको छ ।समाजले नायिका बेनिशा हमाल , सम्रागी राज्य लक्ष्मि शाहलाइ एक समारोहका बिच भब्य संमान गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २३ गते शनिबार