काठमाडौं । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम र अन्यौलताको बिचबाट गुज्रीरहेको उल्लेख गर्दै उनले संविधानलाई लिकमा ल्याउन आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताएका छन् ।तर, आफू भने उम्मेदवार नहुने उनको घोषणा छ । चुनाव नलड्ने घोषणामा भने उनले स्वास्थ्यको कारण भनेका छन् ।

‘मे रो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु’ उनले सूचना नै निकालेर भनेका छन् । उनको नाम सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएको छ ।









प्रतिक्रिया दिनुहोस्