रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।

बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् ।  स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाले शीर्ष छलफल गर्न लागेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार