जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ कञ्चनपुरको राधा नदीमा जडान



कञ्चनपुर ।

कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ ।बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताए ।

नदीमा जडान गरिएको रडार लेभल सेन्सरले नदीको जलस्तरको वास्तविक तथ्याङ्क (रियल टाइम डाटा) सङ्कलन गरी तत्काल जानकारी उपलब्ध गराउने संयोजक सुनारले जानकारी दिए । यसबाट बर्खायाममा आउन सक्ने सम्भावित बाढीको पूर्वसूचना समयमा प्राप्त हुने र तल्लो तटीय क्षेत्रका नागरिकको जीउधनको सुरक्षामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार