कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित जन ज्ञान ज्योति माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन न्युनिकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपालको आयोजना र कोहलपुर नगरपालिका वडा नम्बर १ को कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धि सचेतनामूलक विद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममाको ईलाका प्रहरी कार्यालय बाकेका प्रहरी निरीक्षक अच्युत आचार्य र समाज सेवा सस्था नेपालका अध्यक्ष बिनोद थापाले सहजीकरण गरेका थिए ।
कार्यक्रमको कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बद्रीप्रसाद जैशीले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै वडा अध्यक्ष जैशीले वडा सरकारको आर्थिक सहयोगमा वडाका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना प्रदान गर्ने उद्देश्यले समाज सेवा संस्थासँगको साझेदारीमा विद्यार्थीहरुलाई सचेतना प्रदान गरिरहेको उनले बताए ।
‘हाम्रो समाजमा लागूऔषध दुव्र्यसन भयानक अवस्थामा छ । यसको न्युनिकरण आवश्यक छ । त्यसैले विद्यालयस्तरमा सचेतना फैलाउनको लागि कार्यक्रम गरिरहेका छौँ,’ वडा अध्यक्ष जैशीले भने । यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले वडा नम्बर १ का विभिन्न विद्यालयहरुमा कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार कार्यक्रममा सचेतनाका साथै जनचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने गरिएको छ । यसअघि कोहलपुर १ कै कृष्ण माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि,विद्यालयका शिक्षक र विद्यार्थीहरु सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्