पहिलो खेलमा आयोजक विजयी



कोहलपुर ।

बाँकेको कोहलपुरमा बिहीबारदेखि कोहलपुर नगरपालिका वडा नं. १ मा सुरु भएको चौथो वडाध्यक्ष कपको पहिलो खेल आयोजक वडा नं. १ ले जितेको छ । एभरेष्ट युथ स्पोटर्स क्लबको आयोजनामा भएको पहिलो खेलमा वडा नं. १ ले वडा नं. ६ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

वडा नं. १ का लागि दुबै गोल क्षितिज थापामगरले गरेका थिए । खेलको उद्घाटन कोहलपुर वडा नं. १ का वडाध्यक्ष बद्रिप्रसाद जैसी र आयोजक क्लवका अध्यक्ष सुमन पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरेर गरेका थिए । चौथो वडाध्यक्ष कपको उउद्घाटन गर्दै वडाध्यक्ष जैसीले वडाको युवा क्लबको तत्परतामा भएको प्रतियोगिताले युवाहरूलाई खेलकुदका माध्यमबाट एकतावद्ध गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व फुटबल खेलाडीसमेत रहेका कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले प्रतियोगिता आयोजना गरेकोमा प्रसंशा गर्दै फुटबल खेल विकासका लागि गरिने क्रियाकलापमा सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका थिए ।

कोहलपुर नगरपालिका अन्र्तगतका १३ वटा वडाहरूको सहभागीता रहेको प्रतियोगिता अन्र्तगत शुक्रबार तीन वटा खेलहरू हुने आयोजक एभरेष्ट युथ स्पोर्टस क्लबका सचिव सरोज केसीले जानकारी दिए । नकआवट प्रणालिबाट भइरहेको प्रतियोगितामा शुक्रबार वडा नं. ३ र २ विकासनगर, वडा नं. ८ र १४ र वडा नं. १२ र १५ बीच प्रतिस्पर्धा हुनेसमेत सचिव केसीले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार