कैलाली प्रहरीले समात्यो १७ वर्षदेखि फरार थापा



कैलाली ।

कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

घटनापछि घटनास्थलबाटै फरार रहेका डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ घर भई हाल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आएका वर्ष ४५ का प्रेम भन्ने सुरज थापालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ । हाल उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार