नेपालगन्ज, १५ मंसिर/ ३०औं विश्व एड्स दिवसको अवसरमा शुक्रबार स्वास्थ्यर्की र पत्रकार महिला विच नेपालगन्जमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
विश्व एड्स दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा महिला पत्रकारलाई स्वास्थ्यकर्मीले शुन्यका विरुद्ध ४ गोलले पराजित गरेका हुन् ।
२०÷२० मिनेटको खेलमा पहिलो हाफ मै स्वास्थ्यकर्मीको टिमले महिला पत्रकारलाई ३ गोल हानेको थियो । खेलको ११ मिनेटमा स्वास्थ्यकर्मीले पनाल्टीक पाएपछि पहिलो गोल गरी खाता खोलेको थियो । त्यसलगत्तै पुन स्वास्थ्य कर्मीले २ गोल गरी हाफ खेल पुरा भएको थियो ।
हाफ खेलपछि पुनः स्वास्थ्यकर्मीको टिमले १ गोल गरेपछि ४ गोलले स्वास्थ्यकर्मी पत्रकार महिला टिम भन्दा अगाडि देखिएको थियो । खेलको अन्तिम समयसम्म पत्रकार महिलाको टिमले कुुनै गोल गर्न नसकेपछि प्रतियोगितामा स्वास्थ्यकर्मीको टिम शुन्यका विरुद्ध ४ गोलले विजयी भएको थियो ।
खेल समापन कार्यक्रममा डाक्टर संकेत रिसालले खेलबाटै एचआईभी एड्सको प्रचार गर्नु नै नेपालगन्जवासीको लागि सौभाग्य भएको बताउदै खेलले सम्बन्ध प्रगाढ बनाउने भएको हुनाले खेलको माध्यमबाट एड्सलाई शुन्यमा झार्नुपर्ने उनको सुझाव छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुले सधै कलम चलाउने पत्रकारहरुले मैत्रीपूर्ण फुटवल खेलेर आफ्नो भूमिका स्वास्थ्य क्षेत्रमा पनि रहेको देखाएको बताए । खेलमा हारजित भन्दा पनि आफनो स्वास्थ्यको लागि खेल महत्वपुर्ण रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्