काठमाडौँ ।
फ्रान्सका फरवार्ड ओस्मान डेम्बेले फिफा वर्ष खेलाडी चुनिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा भएको एक कार्यक्रमकाबीच डेम्बेलेलाई पुरुषतर्फ सन् २०२५ को उत्कृष्ट खेलाडी चुनेको हो । यसअघि डेम्बेलेले गत सेम्टेम्बरमा बालन डी’ओर जितेका थिए । डेम्बेलेलाई फिफाले सन् २०२४ को अगस्टदेखि सन् २०२५ को अगस्टसम्म भएको मतदानका आधारमा अवार्ड दिइएको हो ।
डेम्बेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनका फरवार्ड हुन् । पीएसजीले यस वर्ष च्याम्पियनस लिग, फ्रेन्च शीर्ष डिभिजन लिग लिग वान, कोपा डे फ्रान्स, यूईएफए सुपर कपको उपाधि र फिफा क्लब विश्वकपको उपविजेता बन्दा डेम्बेले प्रमुख खेलाडी थिए । मोन्सियललाई पुस्कास अवार्ड
डेम्बेलेसँगै अर्जेन्टिनी क्लब इन्डिपेन्डेन्टका विंगर सान्टियागो मोन्सियल ‘पुस्कास अवार्ड’बाट पुरस्कृत भएका छन् ।
मोन्सियलले अर्जेन्टिनी लिग प्राइमेरा डिभिजनमा इन्डिपेन्डेन्ट रिभाडाभियाविरुद्धको खेलमा उत्कृष्ट ‘एक्रोबेटिक’ प्रहार गरेका थिए ।मोन्सियलको यही गोलले पुस्कास अवार्ड जितेको हो । पुरस्कर जितेपछि मोन्सियलले भनेका छन्, ‘मैले अवार्डबारे सोचेको पनि थिइनँ । मैले मनदेखि शतप्रतिशत दिएर प्रहार गरेको थिएँ ।’
डोनारुमा उत्कृष्ट गोलकिपर
इंग्लिस क्लब म्यानचेस्टर सिटीका इटालियन गोलकिपर जियानलुइजी डोनारुमा वर्ष २०२४–२०२५ को उत्कृष्ट गोलकिपर छानिएका छन् ।
फ्रेन्च क्लब पीएसजीबाट गत सेप्टेम्बरमा सिटी पुगेका उनले टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
उक्त सिजन उनले फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध ‘क्लिन सिट’ राख्दै पीएसजीलाई उपाधितर्फ डो¥याएका थिए । यसबोहक पीएसजीले सन् २०२४–२०२५ को सिजन कोपा डे फ्रान्स र ट्रफी डे च्याम्पियनसको उपाधि जित्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उत्कृष्ट प्रशिक्षको उपाधि लुइस एनरिकेको नाममा
पीएसजीलाई च्याम्पियनस लिगको उपाधि दिलाएका मुख्य प्रशिक्षक लुई एनरिके वर्ष २०२४–२०२५ को उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस वर्ष पहिलोपटक पीएसजीलाई च्याम्पियनस लिगको उपाधि दिलाएका उनी अघिल्ला दुई सिजनदेखि पीएसजीको जिम्मेवारीमा छन् ।









प्रतिक्रिया दिनुहोस्