नेपालगन्ज, १५ मंसिर/ बाँकेको जानकी गाउँपालिका–३ स्थित करमोहनामा शुक्रबार नमुना मतदान कार्यक्रम गरिएको छ ।
यही मंसिर २१ गते हुने प्रादेशिक तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी बाँकेको करमोहनामा नमुना मतदान कार्यक्रम गरिएको हो ।
फातिमा फाउण्डेशन नेपाल र संकल्प काठमाण्डौंको आयोजनामा र युएनडिपीको सहयोगमा करमोहना गाउँमा नमुना मतदान शिक्षा कार्यक्रम गरिएको फातिमा फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष मोहमद्दि सिद्दिकीले बताइन् ।
मतदाता शिक्षा बाँकेको इन्द्रपुर, परसपुर, पुरैना, पुरैनी लगायतका ५ स्थानमा गरिएको हो । पहिलो चरणमा पाँचै स्थानमा नमुना मतदान शिक्षा र मतदाता शिक्षा लागु गरिएको छ भने दोश्रो चरणमा हरेक वडामा सडक नाटक गरी सचेतना जगाउने कार्यक्रम रहेको सिद्धिकीले बताइन् ।
नमुना मतदान अभ्यास कार्यक्रममा प्रादेशिक सदस्य, प्रतिनिधिसभा सदस्य र समानुपातिक सदस्यका लागि स्थानीयले नमूना भोट हालेका थिए । करमोहनाका करिव एक सय बढिले नमुना मतदान गरिएको फातिमा फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष सिद्दिकीले बताइन् ।









प्रतिक्रिया दिनुहोस्