नेपालगञ्ज, १४ मंसिर/ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारीबीच “मेरो मत तपाईलाई किन ?” भन्दै अन्तक्र्रियात्मक “ककस कार्यक्रम” बिहिबार नेपालगञ्जमा सम्पनन गरिएको छ ।
आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हँुदै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुको जनताप्रतिको जवाफदेहिता सुनिश्चित गर्न बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु बीच बिहिबार “ककस कार्यक्रम” आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्र नं.२ का प्रतिनिधिसभाका सदस्य पशुपतिदयाल मिश्राले नेपालको विकासका लागि अब वाम गठबन्धनलाई भोट दिन आवश्यक रहेको बताए । विकासको लागि वाम गठबन्धनले लडाई लडिरहेको उनले बताए ।
विकसित नेपालगन्जका लागि वाम गठबन्धनका उम्मेदवारलाई मतादान गर्न उनले आग्रह गरे । नेपालगन्जलाइ पर्यटकिय क्षेत्र बनाउन आफु पहल गर्ने बताउदै संघिय समाजवादी फोरम नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य इस्तियाक राईले नेपालगन्जलाई विकासका लागि जातिय नारा लगाउनुको कुनै काम नरहेको बताए ।
नेपालगन्जका मतदाताहरुले यसपटक युवा प्रतिनिधिलाई भोट दिएमा नेपालगन्जको कायपलाट गर्ने उनले प्रतिवद्धता गरे ।
यस्तै स्तन्त्र उम्मेद्वार शिव डोटेलले मुलुकको समस्यालाई चिर्न आफु स्वतन्त्र उम्मेद्वारी दिएको बताउदै अरुसँग गठबन्धन रहेपनि आफुसँग महागठबन्धन रहेको दावी गरे ।
राजनीतिकरणले गलत सिमाङ्कन गरेको हुनाले यसलाई विकासका लागि तिव्रता दिन आफुले स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै नेपालगन्जलाई शैक्षिक हव बनाउन आफु कटिवद्ध रहेको बताए ।
नेपालगंज जेसीज र नेपालगंज जुनियर जेसीजको संयुक्त आयोजनामा हुने “ककस कार्यक्रम” बाट मतदाताले उत्कृष्ट उम्मेद्वार छनौट गर्न र उम्मेदवारले आफ्नो प्रस्तुतीद्वारा मतदातालाई आकर्षित गर्न पाउने अवसर एक साथ जुट्नुका साथै यस क्षेत्रमा चौतर्फी विकासको सम्भावनालाई समेत दिशानिर्देश हुने बिश्वास रहेको नेपालगञ्ज जेसीजका संचार संयोजक भीष्म लोधले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्