गणेश रावत । कोहलपुर ।
विगतका वर्षभन्दा बाँके र बर्दियामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । पर्याप्त मात्रामा वर्षा र रोग किराले नोक्सान नपु¥याएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । बाँकेमा यस वर्ष ३४ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा प्रतिहेक्टर ४.५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडकबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार यस वर्ष रोपाइँ भएको ३४ हजार १ सय ९० हेक्टर कूल क्षेत्रफलबाट १ लाख ५३ हजार ८ सय ५५ मेट्रिकटन धान उत्पादन भएको हो । विगतका तुलनामा यस वर्ष एक प्रतिशतले धान उत्पादनमा वृद्धि भएको उनी बताउँछन् । गत वर्ष ३४ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रतिहेक्टर ४.४ मेट्रिकटनका हिसाबले धान उत्पादन भएको थियो । रोपाइँ भएको ३४ हजार ५ सय २ हेक्टर जमिनबाट कूल १ लाख ४५ हजार मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।
समयमा रोपाइँ हुनु र पर्याप्त मात्रामा वर्षा हुनाले बाँकेमा धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखि नै मौसम अनुकूल भएको र रोग किराले धान नोक्सानी नपु¥याएकाले धानको उत्पादनमा वृद्धि भएको उनले बताए । बर्दियामा यस वर्ष ५० हजार १ सय हेक्टरमा धान खेती गरिएकोमा प्रतिहेक्टर ०.५ मेट्रिकटन उत्पादनमा वृद्धि भएको छ । धान रोपाइँ भएको ५० हजार १ सय हेक्टरको कूल २ लाख ३५ हजार ४ सय ७० मेट्रिकटन धान उत्पादन भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले मिसन टुडेलाई जानकारी दिए ।
जिल्लामा यस वर्ष पनि ५० हजार १ सय हेक्टर जमिनमा धान रोपाइँ भएको र अहिले अधिकांश किसानले धान भिœयाइ नसकेकाले उत्पादनको यकिन विवरण आउन बाँकी रहको बताए । विगतको वर्षभन्दा यस वर्ष ०.५ प्रतिशतले धान वृिद्ध हुने अनुमान गरिएको उनी बताउँछन् । ‘यस वर्ष ढिलो भएपनि पर्याप्त मात्रमा पानी प¥यो,’ सूचना अधिकारी चौधरीले भने, ‘त्यसैमाथि धानमा कुनै रोग र किराले क्षति पु¥याएको छैन् । त्यसैले यस वर्ष केही मात्रामा धान उत्पादन वृद्धि हुने अनुमान छ ।’
अहिले धान भिœयाउने क्रम रहेकाले अबको केही दिनमा यकिन विवरण आउने उनी बताउँछन् । धान भित्र्याउने कार्य अन्तिम चरणमा रहेको बताउँदै उनले यस वर्ष धान उत्पादनमा थोरै वृद्धि हुने जानकारी दिए । ढिलो रोपाइँ भएपनि पर्याप्त मात्रामा पानी परेको र धानमा रोग पनि नलागेकाले उत्पादन वृद्धि हुने उनको अनुमान छ ।
सुदूरपश्चिममा बढ्यो धान उत्पादन
सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ । निर्देशनालयका अनुसार यस वर्ष ६ लाख ८७ हजार ८७७ ‘मेट्रिकटन’ धान उत्पादन भएको छ । गत वर्ष सुदूरपश्चिममा ६ लाख ३६ हजार २९६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख ७२ हजार ९२८ मेट्रिकटन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा ६ लाख ४८ ९४२ मेट्रिकटन धान उत्पादन भएको थियो । सुदूरपश्चिममा एक लाख ७७ हजार २३० ‘हेक्टर’ क्षेत्रफलमा धान उत्पादन हँुदै आएको छ । निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि हँुदै आएको बताए । ‘सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै धान उत्पादन हुन्छ,’ उनले भने, ‘खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण धान उत्पादनमा वृद्धि भएको हो ।’
पछिल्लो समयमा सरकारले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ ।
यसबाहेक किसानले प्राङ्गारिक मलको प्रयोग, सिँचाइको उपलब्धता र सरकारी अनुदान तथा प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको हो । ‘उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ,’ सूचना अधिकारी पाण्डेयले भने, ‘खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।’ निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादत्व रहेको छ ।









प्रतिक्रिया दिनुहोस्