नेपालगञ्ज, १३ मंसिर/ वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन नेपालगन्जका उद्योगी व्यवसायीहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
वाम गठबन्धनसँग आस्था राखेका उद्योगी व्यवसायीहरुका संगठनहरुले आसन्न मंसिर २१ गते हुने निर्वाचनमा व्यवसायी मतदाताहरुलाई वाम उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।
उनीहरुले उद्योगी व्यवसायीहरुको संयूक्त निर्वाचन कमिटि बनाई घरदैलो गरिरहेको सो कमिटिका संयोजक भाष्कर काफ्ले बताएका छन् ।
उद्योगी व्यापारीहरुको प्रतिनिधित्व गर्दै यसपटक बाँकेबाट बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाबाट पशिुपतिदयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ बाट विजयकुमार गुप्ता उम्मेद्वार बनेपछि दुवै उम्मेद्वारलाई जिताउन उद्योगी व्यवसायीहरुले विशेष अभियान चलाएका हुन् ।
वाम गठबन्धन उद्योग व्यवसायी संगठन निर्वाचन परिचालन कमिटीका संयोजक काफ्लेले भने, ‘उद्योगी व्यवसायीहरुको निम्ति यो अवसर र चुनौती दुवै हो । यसकारण पनि वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउनका लागि हामी उद्योगी व्यवसाीहरुले वाम उम्मेदवारको पक्षमा घरदैलो अभियान चलाएका हौँ ।’
‘जडिबुटी, पर्यटन, कृषि लगायत उद्योग व्यापारको प्रवद्र्धनमा टेवा पु¥याउन वाम उम्मेद्वारले जित्नैपर्नेछ,’ संयोजक काफ्लेले भने, ‘नेपालगन्ज शहर भारतीय सीमासँग जोडिएका कारण यहाँ थुप्रै व्यापारीक समस्याहरु छन्, ती समस्याहरुको समाधानका लागि वाम गठबन्धनको विकल्प नभएको हामीले देख्यौँ । यसका लागि उहाँहरुले जित्नैपर्छ ।’









प्रतिक्रिया दिनुहोस्