श्यामलाल पोखरेल । बुटवल ।
मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको एकल नृत्य प्रतियोगिता २०८२ को सेमिफाइनल राउन्ड सकिएको छ । प्रदेशस्तरीय एकल नृत्य प्रतियोगितामा सहभागी भएका २० जना फाइनल प्रतिस्पर्धाका लागि छनोटमा परेका छन् । गत जेठदेखि सुरु भएको एकल नृत्य प्रतियोगिताको सेमिफाइनल बुटवलमा सम्पन्न भएको हो । आगमी कात्तिक १ गते बुटवलको देवीनगरस्थित थ्रिपयन्ट रिर्सोटमा फाइनल प्रतियोगिता हुने कार्यक्रम संयोजक दाबा शेर्पा दर्पणले जानकारी दिए ।
इश्ना झेडी, आरोसी तामाङ, स्तुति अर्याल, प्राप्ती अर्याल, आदित्या भण्डारी, श्रीसा रोका, जेशमा थापा, बिपिसा थापा, सन्जय पौडेल, प्रज्ञा घर्ती मगर, कृतिमा ज्ञवाली, युविका राना, रिदिम टण्डन, रुजु पौडेल, प्रिती पल्ली, मेरिसा थापा, सानमी क्षेत्री, दूरविज्ञ डि पोखरेललगायत २० जना फाइनल प्रतियोगितामा छनोट भएका हुन् । मिलन कला केन्द्रले ‘नो भोट, नो एसएमएस’ लागु गरेर नयाँ प्रतिभाको खोजीका लागि अडिसन सुरु गरेको थियो । ‘नो भोट, नो एसएमएस’ लागु गरेर केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।
सेमिफाइनल राउन्डको निर्णायकमा रहेका डान्सर हिमाल सुनार र मोडल बविता धितालले २० जना प्रतियोगितालाई छनोट गरेको केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् । उनका अनुसार जेठ महिनाबाट सुरु भएको प्रतियोगिताको फ्री अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगिमा सहभागी भएका थिए । ‘नो भोट, नो एसएमएस’ नारासहित प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ११ रूपैयाँसहित प्रमाणपत्र र मायाको चिनो पाउनेछन् ।
त्यस्तै दोस्रो हुनेले २१ हजार १ सय ११ र तेस्रो हुनेले १५ हजार १ सय ११ तथा सान्तवना हुनेले ५ हजार १ सय ११ रूपैयाँसहित मायाको चिनो प्राप्त गर्नेछन् । त्यस्तै धेरै भ्यु, लाइक र शेयरका आधारमा छनोट हुने टिकटक प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार र सान्त्वना हुनेलाई १ हजार र मायाको चिनोसहित पुरस्कृत गरिने छ । उक्त एकल नृत्य प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका प्रतियोगीहरूको सहभागिता रहेको थियो ।
भोट र एसएमएसका कारण कैयौँ लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन नसकिएकाले ‘नो भोट, नो एसएमएस’को प्रक्रियाबाट कला, क्षमता, सीप भएका तर लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने मुख्य उद्देश्यले केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
नो भोट नो एसएमएसको प्रक्रियाबाट हुने एकल नृत्य प्रतियोगिताले समाजमा लुकेर बसेका कलालाई बाहिर ल्याउन सफल बनेको प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानले बताए । यो सेमिफाइल राउन्डपछि अर्को नो भोट नो एसएमएसको प्रक्रियाबाट २०८३ मा एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने मिलन कला केन्द्रले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्