नेपालगञ्ज, १३ मंसिर/ नेकपा माओवादी केन्दका नेता शक्ति बस्नेतले नेपालमा स्थायित्व र विकासका लागि बाम गठबन्धन बनेको बताएका छन ।
बाम गठबन्धन खजुरा गाउँपालिका कमिटीले मंगलबार बाँकेको खजुरामा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले स्थायीतत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले आगमी निर्वाचनबाट बाम गठबन्धनको जित सुनिश्चित भएको बताए ।
बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेश यादवले शिक्षा, स्वास्थ्य र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले राजनीतिक स्थायीत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
कार्यक्रममा पतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, पदेशसभा १ का उम्मेदवार आईपी खरेल र २ का उम्मदवार बाबुराम गौतमले कांगेस आफने कारणले समाप्त हुने बताए ।
राणाशाही मोहन शम्शरेका कारण समँप्त भयो, पञ्चायक मरिचमानका कारण, खरेलले भने,– राजाशाही ज्ञानेन्दका कारण समाप्त भयो (भने कांगेस शेर बहादुर देउवाका कारण समाप्त हुनेछ । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, शालिकराम खडका, डम्बर विक, पदम धिताल, सतिस निरौला लगायतले मन्तव्य राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्