कोहलपुरमा अज्ञात व्यक्तिले भाँचे समीका बिरूवा



कोहलपुर ।

नेपालगन्ज–कोहलपुर सडक खण्डको कोहलपुरस्थित साझाचोक नजिकै फुटपाथमा रोपिएका समीका बिरूवा भाँचिएका छन् । कोहलपुर नगरपालिकाले रोपेर हुर्काएका केही समीका बिरूवा आइतबार राति अज्ञात व्यक्तिले भाँचेका हुन् ।

साझाचोकमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको गेट नजिकै फुटपाथमा रोपिएका समीको बिरूवा अज्ञात व्यक्तिले भाँचेको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । बिरूवा रोपेर दुःख गरी हुर्काइएको बिरूवा अज्ञात व्यक्तिले भाँचिदिएको भन्दै उनले दुःख व्यक्त गरे ।

अहिले बिरूवा भाँच्ने अज्ञात व्यक्तिको खोजीकार्य भइरहेको उनले जानकारी दिए । भदौ २४ गतेको जेनजी आन्दोलनमा नगरपालिकाका सम्पूर्ण सीसीक्यामरा र कम्प्युटर जलेकाले कसले भाँचेको हो भन्ने पत्ता लगाउन नसकिएको नगर प्रहरी प्रमुख थापाले बताएका छन् । आन्दोलनका क्रममा सीसीक्यामरामा क्षति पुग्दा धेरै समस्या भएको र मर्मतकार्य भइरहेको उनको भनाइ छ ।

यसअघि पनि कोहलपुर नगरपालिका–१० रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट)मा हुर्किएका ५ वटा समीका बिरूवा रामनगरकै लक्ष्मीप्रसाद भुसालले काटेका थिए । उनी पछि ७ हजार रूपैयाँँ धरौटीमा रिहा भएका थिए । उनलाई बाँके जिल्ला अदालतले उनलाई ७ हजार रूपैयाँँ धरौटीमा रिहा गरेको थियो । हरित नगरपालिकाअन्तर्गत नगरपालिकाले कोहलपुर क्षेत्रभित्र ३५ सयभन्दा धेरै बिरूवाहरू रोपेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार