मंसिर १२ नेपालगन्ज/ १६ दिने महिला हिंसा विरुद्धको अभियान वर्षौ देखि मनाउदै आएतापनि यो दिवसले सार्थकता पाउन नसकेको एक कार्यक्रममा चिन्ता व्यक्त गरिएको छ ।
महिला मानवअधिकार रक्षक सन्जाल बाँकेको मंगलबार बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । महिला मानवअधिकार रक्षक सञ्जाल बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको बैठकले १६ दिने महिला हिंसा विरुद्धको अभियान प्रत्येक वर्ष सञ्चालन गरिएता पनि कमि आउन नसकेको भन्दै महिला अधिकारकर्मीहरुले गुनासो व्यक्त गरेका हुन् ।
बैठकले महिला हिंसाका घटनामा पनि कमि नआएको निष्कर्ष निकालिएको छ । बैठकले मुलुकभरी १६ दिने महिला हिंसा विरुद्धको अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विभिन्न सरकारी गैरसरकारी संघसस्थाले आयोजना गर्ने गरेता पनि महिला हिंसाका घटनामा कमि नभएको भन्देै महिला हिंसाका घटनामा वृद्धि हुनुको कारणमा मोबाइल, फेसबुक, पितृसत्तात्मक सोच, महिलालाई हेर्न मानसिकता परिवर्तन हुन नसकेको, महिला स्वयंले पनि हिंसाका घटना लुकाउने गरेको, प्रहरी प्रशासनले महिलाको व्यवास्ता गर्ने गरेको आरोप लगाएका छन् ।
बैठकमा साविया प्रविण अन्सारी, मोहम्मदी सिद्धिकि, संजालका कोषाध्यक्ष मैमुना सिद्धिकि,सदस्यहरु विन्दा खरेल, रस्मीता धानुक, खीमा रेग्मी, लक्ष्मी राना, खिमा रेग्मी, कमला गैरे, पदमा विष्ट लगायतको उपस्थिति रहको थियो ।









प्रतिक्रिया दिनुहोस्