कैलाली ।
जेनजी आन्दोलनका क्रममा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुगेको गेटा प्रहरी बिट स्थानीयको पहलमा पुनःस्थापना गरिएको छ । गेटा युवा क्लबले स्थानीयबासीको सहयोगमा प्रहरी बिट पुनः निर्माण गरेको हो । स्थानीय हेमराज खत्री ढुंगानाका अनुसार प्रहरीलाई ड्युटी गर्न सहज होस् भन्ने उद्देश्यसहित स्थानीय टोली खटिएर पुनः स्थापना गरेको थियो ।
शुक्रबार आयोजित एक कार्यक्रममा लक्ष्मी कत्था उद्योग गेटाका महाप्रबन्धक रोशन कर्णले नयाँ बिटको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले नागरिक सुरक्षाका लागि खटिने प्रहरीलाई सहज बनाउने पहल सह्रानीय रहेको उल्लेख गरे । गेटा युवा क्लबका अध्यक्ष हरिस भण्डारीका अनुसार करिब ६५ हजार रूपैयाँँ खर्चमा बिट पुनः निर्माण गरिएको थियो ।
अभियानमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए । प्रहरी बिटमा टेबल र पंखा समेत उपलब्ध गराइएको क्लबले जनाएको छ। बिट पुनः स्थापना भएपछि प्रहरीलाई ड्युटी गर्न सहज भएको स्थानीयबासीले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्