वडा कार्यालयलाई सहयोग



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ को वडा कार्यालयलाई सहयोग प्राप्त भएको छ । जेनजीले गरेको आन्दोलनद्वारा वडा कार्यालयमा भएको आगजनीबाट कार्यालयका सम्पूर्ण भौतिक सामाग्रीहरू जलेर नष्ट भएपछि कार्यालयलाई आवश्यक पर्ने सामाग्रीहरू कोहलपुरका समाजसेवी त्रिलोक धितालले सहयोग गरेका हुन् ।

समाजसेवी धितालले कार्यालयलाई एक थान टेबुल, कुर्सी एक थान, जुट कार्पेट १२ मिटर, प्लाष्टिकका कुर्सी छ थान सहयोग गरेको कोहलपुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष लालबहादुर रानाले बताए । त्यस्तै बर्दिया बढैयातालका अर्जुन अधिकारीले २० थान प्लाष्टिकका कुर्सी सहयोग गरेका छन् । वडा कार्यालयलाई सेवा प्रवाह गर्न सहज होस् भनेर कुर्सी उपलब्ध गराइएको अधिकारीले बताए ।

वडा कार्यालयमा जेनजीको आन्दोलनबाट आगजनी भएपछि वडा कार्यालयबाट प्रवाह गरिने सेवा ठप्प भएको अवस्थामा गरिएको सहयोगले सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष रानाले बताए । साथै आगजनीबाट वडा कार्यालयका सम्पूर्ण सामानहरू जलेर नष्ट भएकाले सहयोग गर्न सबैमा अध्यक्ष रानाले अनुरोध गरेका छन् ।

‘तत्काल हामीसँग बजेट छैन्, बजेट व्यवस्थापन गर्न समय लाग्छ,’ उनले भने, ‘सबैको सहयोगबाट हामी वडा कार्यालयबाट सेवा सुचारु हुने अवस्था बनाउँछौँ, सबैले सहयोग गर्न आग्रह गर्दछु ।’ उक्त वडा कार्यालयमा विद्युतीय सामाग्रीसहित अन्य भौतिक सामाग्रीहरूको आवश्यकता परेको उनले बताए ।

साथै वडा कार्यालयको परिसरको सरसफाइ गर्न सुरु गरिएको छ । हालै जेनजीको आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण जलेको कार्यालयलाई सरसफाइ गरी जनतालाई सेवा प्रवाह गर्नेगरी तत्काल सरसफाइ गरिएको उनले बताए । साथै स्थानीय बासिन्दाको सक्रिय सहभागितामा सरसफाइ गरी कार्यालयलाई पहिलाकै सुन्दर र व्यवस्थित अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार