रावन बिश्वकर्मा : बर्दिया, ११ मंसिर/ बर्दियाको ८ ओटै स्थानिय निकायका बिभिन्न स्थानहरुमा महादान नामक सड्क नाटक प्रद्र्धशन गरिने भएको छ ।
निर्वाचन आयोग नेपालको सहयोगमा मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन सशक्त र प्रभावकारी बनाउनेको लागी प्रचारमुखि मतदाता शिक्षा कार्यक्रम अन्र्तगत महादान नामक सड्क नाटक बर्दियाका सबै स्थानिय निकायमा देखाईने दियालो परिवार कोहल्पुरका उपाध्यक्ष सन्तकुमार बिश्वकर्माले बताएका छन ।
बर्दियाको स्थानिय निकाय मध्य बाँसगढी नगरपालीकाको बाँसगढी बजारमा सोमबार सड्क नाटक देखाईएको छ । सोमबार बाँकेको नेपालगञ्ज उपमहानगरपालीको राँझा, कोहल्पुर नगरपालीका र बाँसगढीमा नाटक देखाईएको आयोजकले जनाएको छ ।
बाँकेको कोहल्पुरमा रहेको दियालो परिवारका कलाकारहरुले प्रद्र्धशन गरेको सड्क नाटकमा निर्वाचन तथा मतदाता शिक्षा सम्बन्धी सन्देश रहेको थियो ।
नाटकमा निर्वाचनमा कसरी मतदान गर्ने, कस्ता व्यक्तिलाई मतदान गर्ने, सो बिबेकले मतदान गर्ने, देश र समाजको बिकासको लागी पहल गर्न सक्ने योग्य व्यक्तिलाई भोट दिने भन्ने खाल्को गित संगित र अभिनयको माध्यमबाट सन्देश दिईएको दियालो परिवार कोल्पुरका उपाध्यक्ष सन्तकुमार बिश्वकर्माले बताए ।








प्रतिक्रिया दिनुहोस्