जेनजीको दुईदिने आन्दोलन र अनुभूति



नेपालको केपी सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजीले प्रतिबन्ध हटाउनका लागि करिब तीन दिनसम्म अनुरोध ग¥यो र पख्र्यो । त्यसपछि २३ गते सडक आन्दोलनको घोषणा ग¥यो । सडक आन्दोलनको घोषणा गरेकाप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई नटेरेर उल्टै २२ गते एउटा कार्यक्रममा आलाकाँचाहरूले गर्ने आन्दोलन भनेर हेप्ने काम गरे ।

जीतबहादुर शाह

जेनजी (Zen Z) भनेको सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका मानिसहरूको पुस्ता हो । उनीहरूलाई डिजिटल नेटिभ्स पनि भनिन्छ । अर्थात् जन्मजात डिजिटल दुनियाँलाई जीवनको अभिन्न अङ्ग बनाउँदै आएको पुस्ता हो यो । सन् १९९७ मा नै जुकरबर्गले सामाजिक सञ्जाल अर्थात् फेसबुकको विकास गरेपछि त्यसैबेलादेखि जन्मेको पुस्तालाई जेनजी भनिएको हो । सन् २०१० देखि सन् २०२५ सम्म जन्मेको पुस्तालाई जेन अल्फा नामाकरण पनि गरिएको छ ।

यो पुस्तालाई स्क्रिन जेनेरेसन पनि भनिन्छ । यो पुस्ता पनि जन्मजात मोबाइल, स्मार्टफोन र ट्याबलेटसँग हुर्किने र जिउने पुस्ता हो । यी दुवै पुस्ता प्रविधिमा पोख्त हुन्छन् । उनीहरूको सञ्चार गर्ने, जानकारी खोज्ने, मनोरञ्जन गर्ने र रोजगारी एवम् आयआर्जन गर्ने कार्य भनेको प्रविधिमा आधारित हुन्छ । यो पुस्ता सामाजिक र राजनीतिक मुद्दाहरूप्रति पनि सचेत छ । उनीहरूलाई दर्शन र सिद्धान्तका कुराहरू भन्दा पनि न्याय र नियतका कुरा थाहा छ । उनीहरू लैङ्गिक समानता, जलवायु परिवर्तन र सामाजिक न्यायजस्ता विषयहरूमा खुलेर आवाज उठाउँछन् ।उनीहरू जागिरमा मात्र निर्भर नभएर आफ्नै व्यवसाय सुरु गर्ने वा स्वतन्त्र रूपमा काम गर्ने कुरामा विश्वास गर्छन् ।

उनीहरू आफ्नो आर्थिक भविष्यप्रति सजग छन् । जेनजी पुस्ताले मानसिक स्वास्थ्यको महत्वलाई खुला रूपमा स्वीकार्छ र यस विषयमा कुरा गर्न हिचकिचाउँदैन । यो पुस्ताले जलवायू परिवर्तनका बारेमा विश्वका नेताहरूलाई ध्यानाकर्षण दिगोविकास समेट्न सफल भएको छ ।अमेरिकामा जातीय असमानता विरुद्धको आन्दोलनले विश्वमा ठूलो प्रभाव पारिरहेको छ । जेनजीले गरेको यौन दूव्र्यवहार र शोषणविरुद्धमा आन्दोलनहरू पनि सफल देखिन्छन् । उनीहरूले काम गर्ने तरिका, किनमेल गर्ने शैली र सामाजिक मान्यताहरूलाई समेत परिवर्तन गरिरहेका छन् ।

जेनजी समूहले अहिले विश्वमा उल्लेख्य परिवर्तन गर्न सफल भएका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत चेतना र जागरुकताको सिर्जना गर्छन् र आफूले गर्न लागेको काम ठिक वा वेठिक भन्ने कुराको मत सर्वेक्षण पनि सामाजिक सञ्जालबाटै गर्छन् र सरकार वा सम्बन्धित निकायसँग सुधारको लागि अनुरोध र आह्वान पनि सामाजिक सञ्जालबाटै गर्छन् । सम्बन्धित पक्षले यसबाट टेर्ने काम भएन भने सडकमा आउँछन् ।

यही प्रक्रियाबाट सन् २०१९ मा सुडानका युवाहरूले ३० वर्षसम्म शासन गरेका राष्ट्रपति ओमार अल–बशिरलाई सत्ताबाट हटाउन सफल भएका थिए । यद्यपि यसमा सबै पुस्ताको सहभागिता थियो, जेनजी र मिलेनियल पुस्ताका युवाहरूले अनलाइन र सडकमा आन्दोलनको नेतृत्व गरेका थिए । उनीहरूले कला, संगीत र कविताको प्रयोग गरेर आन्दोलनलाई एक नयाँ रूप दिएका थिए । सन् २०२४ को जुलाइमा बंगलादेशमा विद्यार्थीहरूले गरेको आरक्षणविरोधी आन्दोलन जेनजीको नेतृत्वमा भएको थियो । यो आन्दोलनले करिब १५ वर्षसम्म सत्तामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई नै ढालेको थियो ।

यो आन्दोलनको मुख्य शक्ति सामाजिक सञ्जाल थियो, जसलाई जेनजीले कुशलतापूर्वक प्रयोग गरी लाखौँ युवालाई सडकमा उतारेको थियो । सन् २०२१ मा म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि जेनजीले त्यसको विरोधमा व्यापक आन्दोलन गरेका थिए । उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरेर विश्वव्यापी रूपमा आफ्नो विरोधलाई फैलाएका थिए । यस आन्दोलनले सिधै सत्ता परिवर्तन गर्न नसके पनि सैन्य शासनलाई कमजोर बनाउन र अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्न ठूलो भूमिका खेलेको थियो । यसरी नै २०१९–२०२० मा हङकङमा भएको प्रजातन्त्र पक्षधर आन्दोलनमा जेनजीका विद्यार्थीहरूले ‘टेलेग्राम’जस्ता एन्क्रिप्टेड मेसेजिङ एपको प्रयोग गरेर प्रहरीलाई छल्ने र प्रदर्शनकारीहरूलाई संगठित गर्ने काम गरेका थिए ।

यद्यपि यस आन्दोलनले तत्काल राजनीतिक सत्ता परिवर्तन गर्न नसके पनि चीन र हङकङको सम्बन्धमा ठूलो परिवर्तन ल्याएको थियो र विश्वभरको ध्यान आकर्षित गरेको थियो । ठिक यसरी नै नेपालमा पनि जेनजीको आन्दोलनले उच्च सफलता हासिल गरेको छ । नेपालको केपी सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजीले प्रतिबन्ध हटाउनका लागि करिब तीन दिनसम्म अनुरोध ग¥यो र पख्र्यो । त्यसपछि २३ गते सडक आन्दोलनको घोषणा ग¥यो । सडक आन्दोलनको घोषणा गरेकाप्रति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई नटेरेर उल्टै २२ गते एउटा कार्यक्रममा आलाकाँचाहरूले गर्ने आन्दोलन भनेर हेप्ने काम गरे ।

यसबाट जेनजी हेपिएनन् बरु थप आक्रोसित भए । परिणामस्वरुप सडक आन्दोलन तोकिएकै दिन भाद्र २३ गते जेनजी समूह काठमाडौँको माइतीघरमा जम्मा भएर बानेश्वरतिर मोडिए भने देशका बिराटनगर, भैरहवा, नेपालगन्ज लगायतका ठूला शहरहरूमा पनि जेनजी युवाहरू सडकमा ओर्लिए । काठमाडौँको जेनजी आन्दोलन बानेश्वर पुगेर संसद्भित्र छिर्न थालेपछि रोक्ने क्रममा दोहोरो भिडन्तको सिर्जना भइ प्रहरीबाट गोली चल्यो । पुलिसको गोली चलाउनुपूर्व माइकिङ गर्नुपथ्र्यो । लठ्ठीको प्रयोग गर्नुपथ्र्यो ।

टियर ग्याँस प्रयोग गर्नुपथ्र्यो । यत्तिबाट पनि सम्भव नभए प्लाष्टिकको गोली प्रयोग गर्नुपथ्र्यो र योबाट पनि भिड नियन्त्रण गर्न नसकेमा घुँडामुनि लाग्नेगरी गोली हान्नुपथ्र्यो । तर यी सबै प्रक्रिया प्रयोग नगरी एकैचोटी १५–२० वर्षका विद्यार्थीहरूमाथि टाउकोमा ताकी ताकी गोली प्रहार ग¥यो र उन्नाइस जना विद्यार्थीहरूको सडकमै ज्यान लियो । कतिपय विद्यार्थी त विद्यालय पोशाकमै किताबको झोला बोकेकै अवस्थामा सडकमा ढले। कति विद्यार्थीले गोली लागेको टाउकोबाट रगत चुहाउँदै सडकको रेलिङमा अडेस लागेर प्राण त्याग गरे ।

मुलुक र विश्वले यी सबै कहालीलाग्दा दृश्यहरू सामाजिक सञ्जालबाट हेरिरहेको अवस्था थियो । कतिपय मानिसले अनुमान गरेका थिए कि अब कुनै पनि बाबाआमाले आफ्ना छोराछोरीलाई भोलिदेखि सडकमा आउन दिने छैनन् । स्थिति भने ठिक उल्टो भयो । जेनजीले सबैलाई आह्वान पनि ग¥यो । फलस्वरुप जेनजीसँगै पुरानो पुस्ता पनि सडकमा ओर्लियो । स्थितिले फरक मोड लियो, सत्ता सम्हालेको सरकारले त के, जेनजीले समेत सम्हाल्न नसक्ने गरी स्थितिको सिर्जना भयो ।

विद्यार्थी नानी बाबुहरूलाई ताकी ताकी गोली हान्न आदेश दिने सरकारका मन्त्री, नेता, कार्यकर्ता र पदाधिकारीहरूको घरमा पुगेर तोडफोड र आगजनी गर्ने कार्य गरियो । भाद्र २४ गते बिहानैदेखि यो कार्य सुरु भयो । पुलिसले पनि आत्मसमर्पण गरेर जेनजीलाई नै समर्थन गरेका दृश्यहरू सामाजिक सञ्जालहरूमा देखिन थाले । गृहमन्त्री रमेश लेखक, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आरजु देउवाको घर, स्कुल र होटेलमा समेत आगजनी गरियो । राष्ट्रपति, उपराष्ट्रपतिका कार्यालय र निवासहरू जलाइए ।

यस्तैमा स्थिति सम्हाल्न सक्ने नदेखेर केपी शर्मा ओलीले दिउँसो तीन बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिए । मलाई लागेको थियो, स्थिति अब साम्य भएर विजय जुलुसमा परिणत हुन्छ होला । स्थिति अझै नियन्त्रणमा आएन । जेनजीले केपी शर्मा ओलीको निवासलगायत संसद् भवन र सिंहदरबारका साथै प्रचण्ड, झलनाथ खनाल लगायतका घरमा समेत आगजनी गर्ने काम ग¥यो । शेरबहादुर देउवा र आरजुलाई निवासबाटै निकालेर लछापछार गर्दै घाइते अवस्थामा नेपाली सेनालाई बुझाउने काम गरियो । यस्तो किसिमको लछारपछार र कुटाइबाट काठमाडौँका प्रजिअ छवि रिजाललगायतका अन्य व्यक्तिसमेत घाइते भएको अवस्था सामाजिक सञ्जालमा देखियो ।

जेनजीको आन्दोलनले राजधानी बाहिर विराटनगर, तुलसीपुर, घोराही, नेपालगन्ज, कोहलपुर, सुर्खेत लगायतका स्थानहरूमा पालिकाका कार्यालय भवन र कागजातहरू जलाउने काम ग¥यो । पालिकाका मेयर, उपमेयर, मुख्यमन्त्री, मन्त्री र पार्टी कार्यालयहरू पनि बाँकी नराखी ध्वस्त बनाइयो । यस्तैमा मलगायत धेरैले सामाजिक सञ्जालबाट अनुरोध पनि ग¥यौँ– ‘सरकारी संरचना नभत्काउने कि ! तुुरुन्तै चाहिन्छ तर निर्माण गर्न भने कठिन हुन्छ । ती भनेका नेताका होइनन् कि नागरिकका सम्पत्ति हुन् ।’

आक्रोसको बेला गीता कसले पढ्ने ? जिल्ला र प्रदेशमा भएका मालपोत, नापी, यातायात, जिल्ला प्रशासनजस्ता कार्यालयहरू आगो लगाइए र कागजात नष्ट गरिए । सरकारी कार्यालयहरू पनि यस्ता मात्रै जलाइए, जहाँ नागरिकका महत्वपूर्ण कागजातहरू रहेका थिए । जेनजीलाई लागेको होला, यी त सब क्लाउडमा छन् । तर नेपालका सबै कागजातहरू यसरी व्यवस्थापन गर्न सकिएको अवस्था छैन । कतिपयलाई रोजगारी दिएका राष्ट्रिय पुँजीपतिहरूबाट सञ्चालन गरिएका उद्योग कलकारखाना र बैंकहरू पनि आक्रमणबाट बच्न सकेनन् । कतिपय सिधासाधा नेता, जनप्रतिनिधि र कलाकारहरूका घर र व्यक्तिगत सम्पत्तिहरू पनि बाँकी रहेनन् ।

स्थिति जे जस्तो भए पनि पुरापुर दुईदिन पनि नपुग्दै नेपालको जेनजीले नेतृत्व गरेको आन्दोलनले सफलता हासिल ग¥यो । कत्तिपय अवस्थामा त राजनीतिक दल र तिनका नेताहरूले अतिभन्दा पनि अति गरेका थिए । मित्र पहल पुनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ः ‘व्यवस्था लोकतान्त्रिक गणतन्त्र भनेको छ, सबैतिर राम्रालाई हैन हाम्रालाई अवसर दिएको छ । संवैधानिक निकायहरूलाई आफ्नो नियन्त्रणमा लिएर पार्टीको इकाई जस्तै बनाएको छ । अदालतले उसकै मनसाय बुझेर फैसला दिनुपर्ने, अख्तियारले उसकै मनसाय बुझेर मुद्दा चलाउनुपर्ने, पुलिसले उसकै इशारामा काम गर्नुपर्ने ।

कानुन भनेको छ, संविधान भनेको छ– आफूलाई चाहिँदा एउटा कानुन समातेको छ, अर्काको लागि अर्कै कानुनको शिकार बनाएको छ । पार्टीभित्र कुनै विधि छैन, विधान छैन – नेताहरूलाई थर्काएर, दास बनाएर राखेको छ । दासहरूको झुण्डबाट घेरिएर सबै ठिकठाक देखेको छ– आदेश फर्मानबाट शासन चलाउन व्यस्त रहेको छ । शासनको नाममा कुशासन गर्दासमेत रोक्न कसैले सक्दैन भन्ने भ्रममा मदमस्त भएको छ । शहर जलिरहँदा पनि निरोको बाँसुरी बजाएर मख्ख शासक जस्तै आफ्नै दरबार जलेर आफूलाई जलाउन थालेपछि मात्र झल्याँस्स हुन्छ ।’
आन्दोलनमा आक्रोस थियो, आवेग थियो । त्यस्तो अवस्थामा मानिसले बेद र गीता पढेर अघि बढ्दैन । त्यस्तै भयो होला ।

नेपाली सेनालाई केपी ओलीले आफ्नो घरको सुरक्षार्थ गोली चलाउन आदेश दिँदा व्यक्तिको सम्पत्ति बचाउनका लागि नागरिकमाथि गोली चलाउन सकिँदैन भन्ने जवाफ दिएको पनि सामाजिक सञ्जालमार्फत बोध भयो । जेनजीको आन्दोलनबाट आउने सरकारले आफ्नो केही वर्षको बजेट त अहिले भत्काएका संरचनाहरू नै निर्माण गर्न लाग्ने होला । यो जेनजी पुस्ता विदेश नगएर यही देश बनाउने काममा लाग्यो भने त मुलुक बनाउन त्यत्ति समय नलाग्न सक्छ । उद्योगधन्दामा क्षति पु¥याइएको छ ।

कतिपय आफ्नो मेहनतले निर्माण गरेका जनप्रतिनिधिहरूका निवासहरू जलाइएको छ त्यस्ता जनप्रतिनिधिहरूको मनमा मलहम लगाउन पनि समय त लाग्ने नै होला । यस्तै गर्दागर्दै अर्को दश वर्ष पुग्दा यसरी नै आन्दोलन गरेर पुनः सार्वजनिक सम्पत्ति जलाउनु पर्ने दुभाग्र्य भोग्न नेपाल आमाले नपरोस् र स्वाभिमान र केही गरौँ भन्ने पवित्र विचारका साथ बाँच्ने नेपालीहरूले जेनजीको आन्दोलनबाट आएको सरकार र सत्ताका पालामा पनि प्रतिपक्षीजस्तो भएर लेखिरहन र बोलिरहन नपरोस् । नेपाल आमासँग मेरो यही अनुरोध छ र यही छ शुभकामना पनि ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार