काठमाडौँ।
आगामी आर्थिक वर्षको बजेटबारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
भेटमा अर्थमन्त्री डा.वाग्लेले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे ।
अर्थमन्त्री वाग्लेले भोलि अपराह्न ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्