सुदूरपश्चिम ।
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा विभिन्न संकायका दुई हजार चार सय ८९ विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्त समारोहमा पहिलोपटक मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुषा जोशी र भरत साउदलाई डिन्स पदक प्रदान गरिएको छ ।चान्सलर पदक निशान्त चन्द र भाइस चान्सलर पदक कैलाशराज भट्टले प्राप्त गरेका छन् भने विभिन्न संकायका नौ विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको छ । समारोहमा मन्त्री पोखरेलले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्